
कावासोती – प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको हो ।
भैरहवाबाट काठमाडौंका लागि छुटेको लु१ख ९११३ नम्बरको बसमा सवार काठमाडौं महानगरपालिका–२ बस्ने २५ वर्षीय सन्दीप रजकलाई पक्राउ गरिएको हो ।
उनको साथबाट नुर्फिन ११९ थान, डाइजापाम ११५ थान र फेनरागन ११८ थान गरी जम्मा ३५२ थान लागुऔषध साथै प्रयोग भइसकेको सिरिन्ज तीन थानसमेत बरामद गरिएको छ ।
सोही स्थानमा बझाङबाट काठमाडौंका लागि छुटेको ना६ख १३३३ नम्बरको बसमा सवार ललितपुरका २६ वर्षीय विक्रम थोकर र ललितपुरकै महालक्ष्मी नगरपालिका–३ का ३७ वर्षीय श्यामसुन्दर पौडेललाई लागूऔषधसहित पक्राउ गरेको छ ।
उनीहरूको साथबाट लागूऔषध नुर्फिन १०९ थान, डाइजापाम १०९ थान र फेनरागन १०९ थान गरी जम्मा ३२७ थान लागूऔषध बरामद गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।