२८ जेठ २०८३, बिहीबार

गणेश बिष्टले पाए ‘लिगल एड्भाइजर अफ द इयर’ अवार्ड

गणेश बिष्टले पाए ‘लिगल एड्भाइजर अफ द इयर’ अवार्ड

काठमाडौं – भारत निर्माण फाउन्डेसनले प्रदान गर्ने लिगल एड्भाइजर अफ द इयर अवार्डबाट बैतडीका गणेश बिष्ट सम्मानित भएका छन् ।

काठमाडौंमा बिहीवार आयोजित कार्यक्रममा बिष्टलाई अवार्ड प्रदान गरिएको हो ।

फाउन्डेसनले हरेक २ वर्षमा प्रदान गर्ने विभिन्न विधाका अवार्डबाट बिष्टसँगै नेपाल तथा भारतमा विभिन्न क्षेत्रमा कार्यरत १५ जना सम्मानित भएका छन् ।

बैतडीको पाटन नगरपालिका–८ आरुबाटा घर भएका बिष्ट काठमाडौंस्थित लिगल कन्सलटेन्सीका सञ्चालक हुन् । कानून व्यवसायी बिष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्