३० असार २०८३, मंगलबार

पहिरो प्रभावितका लागि सामूहिक बस्ती

पहिरो प्रभावितका लागि सामूहिक बस्ती

पाँचथर- पाँचथरको याङवरक गाउँपालिका–४ फलैंचाका पहिरो प्रभावित स्थानीयवासीका लागि सामूहिक बस्ती निर्माण गरिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले पहिरोबाट प्रभावित तथा जोखिममा रहेका परिवारका लागि सामूहिक बस्ती निर्माण गर्ने निर्णय गरेको हो । 

फलैंचामा मंगलवार पहिरो गएपछि २५ परिवार विस्थापित भएका थिए । उनीहरूको दीर्घकालीन आश्रयस्थलको व्यवस्था गर्नका लागि समितिले संघीय र प्रदेश सरकारसँग सामूहिक बस्ती निर्माणका लागि पहल गरिने प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए । याङवरकको चिङ्मा, मुक्लाबु, सेपीलगायत बस्ती उच्च जोखिममा रहेकाले त्यहाँका बासिन्दाका लागि स्थायी आश्रयस्थल निर्माण अत्यावाश्यक रहेको उनले बताए ।

गाउँपालिकाभित्र उचित जमीनको पहिचान गरी सामूहिक बस्ती बसाल्न पहल गरिने गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए । 

बैठकले पहिरोबाट प्रभावितको सूची तयार पार्न तथा पहिरोबाट भएको क्षतिको विवरण संकलन गर्न उपाध्यक्ष कमलकुमारी योङहाङको संयोजकत्वमा टोली गठन गरेको छ । पहिरोबाट प्रभावित परिवारलाई गाउँपालिकाले परिचयपत्र उपलब्ध गराउने भएको छ । पहिरो गएको ठाउँमा दर्जनौंको सङ्ख्यामा पशु चौपाया मरेका छन् । पहिरो प्रभावितमध्ये १५ परिवार हाल डुँडेचौरमा खुला स्थानमा बस्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्