२१ जेठ २०८३, बिहीबार

कलङ्की–नागढुङ्गा सडक सरसफाइ अभियान शुभारम्भ

कलङ्की–नागढुङ्गा सडक सरसफाइ अभियान शुभारम्भ

काठमाडौँ -चन्द्रागिरि नगरपालिकास्थित कलङ्की–नागढुङ्गा सडक सरसफाइ अभियान शुभारम्भ गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाको समन्वय तथा चन्द्रागिरि नगरपालिका फोहरमैला व्यवस्थापन समितिको आयोजनामा २० दिने पूर्ण सरसफाइ अभियान आजदेखि शुरु भएको हो ।

काठमाडौँ महानगरपालिका–१४ बाट शुरु भएको अभियानको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उद्घाटन गरे ।

कार्यक्रममा नगरप्रमुख गिरीले चन्द्रागिरि नगरपालिकालाई स्वच्छ हराभरा र धुलोमुक्त नगर बनाउने अभियान शुरु गरिएको बताए । 'लामो समयदेखि कष्टकर यात्रा गर्नुपर्ने बाध्यता, धुवाँ धुलोले निरन्तर चार वर्षदेखि समस्या भोगिरहेका काठमाडौँ भित्रिने जनतालाई सरसफाइ अभियानले थोरै भए पनि राहत पुग्दछ,' उनले भने ।

नगरप्रमुख गिरीले हरियाली चन्द्रागिरि, स्वच्छ सफा चन्द्रागिरि बनाउन नगरपालिका लाग्ने उल्लेख गरे । चन्द्रागिरि नगरपालिका फोहरमैला व्यवस्थापन समितिका सल्लाहकार राजेन्द्र महर्जनले नगरपालिकाले शुरु गरेको अभियानलाई गाउँगाउँसम्म लैजान आफूहरु लागिपरेको बताए ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले सरसफाइ कार्यक्रममा सहभागिता जनाएको जानकारी दिए । सरसफाइ अभियानमा चन्द्रागिरि रेडक्रस सर्कल, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्