०३ असार २०८३, बुधबार

आफू अब कांग्रेस अध्यक्ष नरहेको राहुल गान्धीको खुलासा

आफू अब कांग्रेस अध्यक्ष नरहेको राहुल गान्धीको खुलासा

काठमाडौं – भारतको कांग्रेस पार्टीमा नेतृत्वको संकट चलिरहँदा राहुल गान्धीले बुधवार आफू पार्टीको अध्यक्ष नभएको स्पष्ट पारेका छन् । 

मिडियाको प्रश्नमा जवाफ दिँदै उनले पार्टीको नयाँ अध्यक्षको निर्णय कांग्रेसको वर्किङ कमिटीले लिने बताए । 

उनले भने, ‘पार्टीले ढिलाइ नगरिकन नयाँ अध्यक्ष छान्नुपर्छ । म यस प्रक्रियामा कतै पनि छैन । मैले राजीनामा दिइसकेको छु र अब पार्टी अध्यक्ष छैन ।’

लोकसभा चुनावमा कांग्रेसको हारपछि राहुलले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । गान्धी परिवारभन्दा बाहिरको मानिस अब अध्यक्ष बन्नुपर्ने उनले बताएका थिए । 

यसबीच कांग्रेसका ठूला नेताहरू राहुललाई फकाउने कोशिश गरिरहेका छन् । तर आज स्पष्ट कुरा गरेर राहुलले राजीनामाको फैसलाबाट पछि नहट्ने बताएका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्