
काठमाडौँ– सिटी स्क्यानबाट पत्ता नलागेको वा द्विविधामा परेको रोग पत्ता लगाउन प्रयोग गरिने म्याग्नेटिक रिसोन्सेस इमाजिङ (एमआरआई)को प्रयोग बढ्दो छ ।
उपत्यकाका ठूला अस्पतालमा एमआरआईको प्रयोग हुने गरेको छ तर सर्वसाधारणका लागि एमआरआई सहजै र सुलभ मूल्यमा पाउन कठिन छ ।
आजको गोरखापत्र दैनिक लेख्छ–धेरै बिरामीलाई त एमआरआई ‘आकाशको फल आँखा तरी मर’जस्तै छ । एक त प्रविधि नै महँगो छ भने अर्कातिर बिरामी सिफारिस गर्ने चिकित्सकलाई दिनुपर्ने कमिसनले एमआरआई सेवा झनै महँगो बनाएको छ । उपत्यकाका केही सरकारी र निजी स्वास्थ्य संस्थाबाहेक केही मेडिकल कलेजसँग पनि एमआरआई सेवा त उपलब्ध छ तर सेवा शुल्कमा भने एकरूपता छैन ।