२१ असार २०८३, आइतबार

योगी आदित्यनाथले चढाए हनुमानको मूर्तिमा साढे २ किलोको स्वर्ण मुकुट

योगी आदित्यनाथले चढाए हनुमानको मूर्तिमा साढे २ किलोको स्वर्ण मुकुट

काठमाडौं – भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शुक्रतालमा रहेको हनुमानको मूर्तिमा साढे २ किलोको स्वर्ण मुकुट चढाएका छन् । 

स्वामी कल्याण देवको वार्षिकीको अवसरमा आइतवार उनी उक्त पवित्र स्थानको भ्रमणमा गएका थिए । 

भगवान् हनुमानको ७५ फीट अग्लो मूर्ति गंगाजीको किनारामा स्थापित गरिएको छ । 

आदित्यनाथले उक्त क्षेत्रमा दश करोड भारु बराबरका विभिन्न विकास योजनाको शिलान्यास पनि गरे । 

पोहोर साल आदित्यनाथले राजस्थानमा विधानसभा चुनावाताका हनुमानलाई दलित भनेपछि हंगामा मच्चिएको थियो । ‘हनुमान जंगलवासी हुनुहुन्थ्यो, वञ्चित तथा दलित हुनुहुन्थ्यो । बजरंग बलीले सबै भारतीय समुदायलाई एकजुट गराउनुभएको थियो, उत्तरदेखि दक्षिण अनि पूर्वदेखि पश्चिम,’ उनले अल्वर जिल्लाको मालाखेडा क्षेत्रमा भाषणका क्रममा भनेका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्