१४ असार २०८३, आइतबार

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा

हेटौडा – ३ नम्बर प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका छन् ।

उपाध्यक्ष डा. देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाँझिएर राजीनामा नदिएको बताए ।

मुख्यमन्त्री पौडेलले आफूलाई विश्वास गरेर सुम्पनुभएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको, लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको तथा प्रदेश सरकारलाई ५ वर्षसम्म आवश्यक पर्ने विभिन्न योजनाहरू निर्माण गरेको उनको भनाइ छ ।

पदमा रहँदा मुख्यमन्त्री तथा प्रदेश सरकारको सधैं साथ सहयोग गरेको भएपनि बाहिर बसेर अध्ययन बढाउनुपर्ने कारण राजीनामा दिएको उनले बताए ।

मुख्यमन्त्री लगायतले राजीनामा फिर्ता गर्न अनुरोध गरेपनि आफ्नो व्यक्तिगत कारण राजीनामा फिर्ता नलिएको उनको धारणा छ ।

salt training

कमेन्ट गर्नुहोस्