३१ असार २०८३, बुधबार

कारबाट निस्केर सडकमा घुम्न थाल्यो बाघ (भिडियो)

कारबाट निस्केर सडकमा घुम्न थाल्यो बाघ (भिडियो)

काठमाडौं – रुसको उत्तरी शहर इभानोभोमा एक बाघ आफ्नो मालिकको कारबाट निस्केर सडकमा घुम्न थाल्दा स्थानीयहरू स्तब्ध बनेका छन् । 

घटनाको भिडियो हेर्दा बाघ कारको झ्यालबाट निस्केको अनि पछिल्तिर फाल हानेर मालिकबाट टाढा गएको देखिन्छ । 

उक्त बाघ घुमन्ते सर्कसको प्रचार गर्न प्रयोग गरिएको हुन सक्ने स्थानीयहरूको विश्वास छ । बाघले कारबाट निस्कनका लागि झ्यालमा जिउ ढेस्याएर बसेको देखिन्छ । 

बाघ मालिकले उसको लीडलाई कसेर समातेको भए पनि बाघले बल गरेर छुटाएको अनि सडकमा हाम्फालेको देखिन्छ । उसको लीड पछिल्तिर घिसारिएको पनि देखिन्छ । 

बाघका मालिकहरूले उसलाई खुलै छोडेर सडकमा हिँडेको अनि सडकमा बालबालिका पनि भएको बताए । 

सर्कस कम्पनीले प्रचारप्रसार गर्नका लागि यो घटना गराएको विश्वास पनि केही स्थानीयहरूले लिएका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्