
काठमाडौं– सुत्केरीको मृत्यु भएपछि राजधानीको थापाथलीस्थित प्रसुति गृह तनाव ग्रस्त बनेको छ ।
नुवाकोट घर भई काठमाडौंको लैनचौर बस्दै आएकी कल्पना तामाङको मृत्यु भएपछि आफन्तहरूको प्रदर्शनका कारण अस्पताल परिसरको स्थिति तनावग्रस्त बनेको हो ।
अस्पतालले आमाको मृत्यु भएको भनेर शव देखाएपनि बच्चा लुकाएको आरोप आफन्तको छ ।
प्रहरीले अस्पताल परिसरलाई घेराउ गरेर सुरक्षा दिइरहेको छ ।