
काठमाडौं–रामनगर गाउँपालिका,सर्लाहीमा कार्यरत इन्जिनियर रामजी बाबु यादव ५० हजार घुससहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग घुस माग गरेको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास, महोत्तरीबाट खटिएको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो ।
उनलाई घुस वापतको रकम लिइसकेको अवस्थामा मलंगवा नगरपालिका वडा नं १० स्थित अशोका होटलबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।