०२ असार २०८३, मंगलबार

समुद्री किनारमा विमानस्थल, ज्वारभाटा आउँदा हुन्छ बन्द

समुद्री किनारमा विमानस्थल, ज्वारभाटा आउँदा हुन्छ बन्द

काठमाडौं – स्कटल्यान्डको बारा टापुमा रहेको विमानस्थल विशेष छ । उत्तरी आन्ध्र महासागरको किनारमा रहेको यो विमानस्थलमा कुनै धावनमार्ग छैन ।

त्यहाँ समुद्री किनारमा नै विमान अवतरण गर्छ । उच्च ज्वार (हाई टाइड) को स्थितिमा चेतावनी जारी गरेर अवतरण रोक्ने गरिन्छ । समुद्रमा तुफान आउँदा विमानस्थल बन्द गरिन्छ अनि उडान रद्द गरिन्छ । 

यहाँ धेरैजसो साना विमान (२० सीटे) मात्र अवतरण गर्छन् । स्कटिश एयरलाइन्सका दुई उडान त्यहाँ हुने गरेका छन् । 

धावनमार्गको अभावमा बालुवामा नै अवतरण हुने गरेको छ । 

समुद्री किनारमा सानो भवन बनेको छ जसलाई टर्मिनल भन्न सकिन्छ । विमानबाट भवनसम्म पुग्नका लागि कुनै पनि ब्रिज बनाइएको छैन ।

बारा टापुमा जम्मा १२ सयजना बस्छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्