३१ असार २०८३, बुधबार

कांग्रेसका धेरै नेता जेल गए, नेकपाले भ्रष्टाचारी लुकायो : नेता भण्डारी

साउन १३, २०७६
कांग्रेसका धेरै नेता जेल गए, नेकपाले भ्रष्टाचारी लुकायो : नेता भण्डारी

बुटवल – नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले चलाएको जहानमा खिया लागेको टिप्पणी गरेको छ ।

मन्त्रिपरिषद्का सदस्यको काम र गति हेर्दा अहिलेको सरकारले हाँकेको जहाजका पखेटाहरू खियाले खाइसकेको उनले दाबी गरे । 

रिपोर्टर्स क्लब ४ नम्बर प्रदेशले सोमवार बुटवल गरेको साक्षात्कार कार्यक्रममा उनले भने, ‘अहिलेको सरकार र मन्त्रीहरूले केही गर्न सकेनन् । केही काम गर्न थाल्यो सक्दैन/रोकिन्छ । ओलीले हाँकेको जहाजका सबै पखेटाहरूमा खिया लाइसक्यो ।’

सरकारले भ्रष्टाचारलाई पनि बढ्वा दिएको समेत आरोप लगाए । पाल्पाको दोभान/झम्सा क्षेत्रको दोहन नरोकिए कुनै दिन रूपन्देही नरहने समेत दाबी गरे ।

‘गुल्मीको सत्यवतीमा गएको पहिरोले के भूकम्पले हल्लाएको पहाड कमजोर भएर पहिरो गएको देखियो,’ उनले भने, ‘नदीजन्य पाल्पाको झम्सा क्षेत्रको जंगल पनि उत्खनन्ले तिनाउमा बाढी पहिरोको ठूलो जोखिम देखिन्छ । यो नरोकिए कुनै दिन रूपन्देही नरहन सक्छ । त्यसैले बेलैमा सोचौं । कटार र उत्खनन रोकौं । गुल्मीको लिम्घाजस्तै झुम्साको पहाड खसेझै भू–क्षय गएर रुपन्देही नरहन सक्छ ।’

उनले कांग्रेसका धेरै नेताहरू भ्रष्टाचारमा जेल सजाय भोगेपनि नेकपाले खुलमखुल्ला भइरहेका भ्रष्टाचारलाई लुकाइरहेको र स्वीकार नगरेको दाबी गरे । ‘कांग्रेसका चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, जेपी गुप्ता लगायतले जेल सजाय भोगिसके तर नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली अहिले वाइडवडी स्वीकार गर्न तयार हुनुहुन्न बहाना बनाइरहनुभएको छ,’ उनले भने ।

भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई पोखरामा हुने उपनिर्वाचन जिते सभापतिको कार्यकाल लम्बाउन र नजिते छाड्न सुझाव दिए । ‘दूध नदिने भैसी कहिलेसम्म पालिरहने पोखराको उपनिर्वाचन जिताउनुभयो भने कति लम्बाउने हो, लम्ब्याउनुहोला होइन भने सधैं कति पदमा बसिरहनुहुन्छ ?’ 

गुल्मीका पहिरो पीडितलाई भेट गरी बुटवल आएका नेता भण्डारीले संघीय र प्रदेश सरकारले पहिरो पीडिलाई पर्याप्त सहयोग गर्न नसकेको बताए ।  उनले आफूले पीडित परिवारलाई ५ हजार रुपैयाँका दरले सहयोग गर्दा गलत प्रचार गरिरहेको समेत गुनासो गरे ।

salt training

कमेन्ट गर्नुहोस्