
काठमाडौं – भारतको मुम्बईमा रहेको आईआईटी कलेजमा क्लास चलिरहेको बेलामा गाई प्रवेश गरेको भिडियो भाइरल बनिरहेको छ ।
भिडियोमा छक्क परेका विद्यार्थीहरूले यताउता गइरहेको गाईलाई छक्क पर्दै हेरेको देखिन्छ ।
गाई मस्तसँग ढोकाबाट पसेर यताउता टहलिन्छ भने विद्यार्थीहरू त्यसको अगाडि नपर्न भागाभाग गर्छन् ।
गाई अडिटोरियमको भर्याङ पनि चढ्छ जसले गर्दा अझै बढी विद्यार्थीहरू भाग्छन् ।
घटना भएको बेलामा भारी वर्षा भइरहेकोले गाई आफूलाई सुक्खा पार्नका लागि कक्षामा छिरेको हुनसक्ने विद्यार्थीको भनाइ छ ।
अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् ।
१५ दिनअघि मात्र त्यही क्याम्पसमा एक विद्यार्थीलाई दुईवटा साँढेले आक्रमण गरेका थिए ।
क्याम्पसभित्र छाडा गाईवस्तु पस्ने गरेको विषयमा चिन्ता व्यक्त गरिएको छ ।
जनावरहरू होस्टलका कोठाचोटामा अनि भवनभित्र पस्ने गरेको विद्यार्थीहरूको गुनासो छ ।
एजेन्सी