
काठमाडौं–नेत्र विक्रम चन्द विप्लव समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्यूरो भंग गरेको छ ।
केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्सीय स्थायी कमिटी र ११ सदस्सीय पोलिटब्यूरो भंग गरेको हो ।
अब समूहमा सबै कमाण्ड महासचिव विप्लव आफैंले सम्हाल्ने भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।