०५ असार २०८३, शुक्रबार

नागढुंगाबाट लागूऔषधसहित चौधरी पक्राउ

नागढुंगाबाट लागूऔषधसहित चौधरी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरी टोलीले बाराबाट काठमाडौं आउँदै गरेको ना५ख ४१९१ नम्बरको बस जाँचका क्रममा लागुऔषधसहित बारा कलैयाका १६ वर्षीय राजु चौधरीलाई बिहीवार बिहान पक्राउ गरेको हो ।

प्रभागका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले पक्राउ चौधरीसँग नुर्फिन ९६ एम्पुल, फेनार्गन ९८ एम्पुल र डाइजेपाम ९८ एम्पुल बरामद गरेको जानकारी दिए ।

नागढुंगा प्रभागले बुधवार नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना८ख १३६ नम्बरको बस जाँचका क्रममा १२१ ग्राम खैरो हिरोइनसहित नेपालगञ्जका ५५ वर्षीय अब्दुल सलामलाई पक्राउ गरेको थियो । 

पक्राउ चौधरीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग थानकोट पठाएको प्रभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्