२२ असार २०८३, सोमबार

इरानका परराष्ट्रमन्त्रीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

इरानका परराष्ट्रमन्त्रीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

काठमाडौं – अमेरिकाको डिपार्टमेन्ट अफ ट्रेजरीले इरानका परराष्ट्रमन्त्री मोहम्मद जवाद जरिफमाथि प्रतिबन्ध लगाएको छ । 

प्रतिबन्धका कारण जरिफले अमेरिकामा राखेको कुनै पनि किसिमको सम्पत्ति जफत भएको विभागको भनाइ छ ।

‘जवाद जरिफले इरानका सर्वोच्च नेता (आयातोल्लाह अली खमेनी) को अनियन्त्रित एजेन्डा कार्यान्वयन गर्ने गरेका छन्,’ ट्रेजरी सेक्रेटरी स्टिभज म्नुचिनले बताए । 

जरिफले ट्वीट गर्दै अमेरिकाले आफ्नो एजेन्डामा खतरा देखेकाले आफूमाथि प्रतिबन्ध लगाएको लेखेका छन् । 

सन् २०१५ मा गरिएको आणविक सम्झौताबाट अमेरिका पोहोर साल एकपक्षीय रूपमा हटेपछि अमेरिका र इरानबीचको तनाव बढेर गएको छ । 

खाडीमा हालै भएका घटनाहरूले सैन्य द्वन्द्व बढाउन सक्ने चिन्ता व्यक्त गरिएका छन् । उक्त क्षेत्र जहाज यातायातका लागि महत्त्वपूर्ण छ ।

म्नुचिनले जरिफ इरानी सत्ताका प्राथमिक प्रवक्ता रहेको भनी वर्णन गरे । 

‘अमेरिकाले इरानी सत्ताको हालैको व्यवहार पूर्णतया अस्वीकार्य रहेको प्रस्ट सन्देश दिएको छ । इरानी सत्ताले इरानका नागरिकलाई सामाजिक सञ्जालमा पहुँच दिएको छैन अनि परराष्ट्रमन्त्री जवाद जरिफ चाहिँ सत्ताको प्रचारबाजी र गलत सूचना प्रवाह सामाजिक सञ्जालमार्फत नै गरिरहेका छन्,’ म्नुचिनको भनाइ छ । 

जरिफले अमेरिकाको यस कदमबाट आफू र आफ्नो परिवारलाई कुनै असर नपर्ने किनकि इरान बाहिर आफ्नो केही पनि सम्पत्ति नरहेको बताए ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्