११ साउन २०८३, सोमबार

एनआईसी एशिया बैंकद्वारा ज्येष्ठ नागरिक मिलन केन्द्रलाई एलईडी टीभी सहयोग

एनआईसी एशिया बैंकद्वारा ज्येष्ठ नागरिक मिलन केन्द्रलाई एलईडी टीभी सहयोग

पोखरा – एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराको ‘रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्र’लाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ ।

बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमबीच सहयोग स्वरुप दिइएको टेलिभिजन रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरे ।

एनआईसी एशिया बैंकले गरेको सहयोगले सो केन्द्रका वृद्घवृद्घालाई सूचना तथा मनोरञ्जनका सामग्रीमा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९३ शाखा कार्यालयहरु, ३१९ एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । १७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्