२९ असार २०८३, सोमबार

मुक्तिनाथ विकास बैंकको आकर्षक सुविधा र व्याजदरमा आवास तथा शेयर कर्जा

मुक्तिनाथ विकास बैंकको आकर्षक सुविधा र व्याजदरमा आवास तथा शेयर कर्जा

काठमाडौं – मुक्तिनाथ विकास बैंकले आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ गर्न वा सोही प्रयोजनका लागि घडेरी खरीद गर्नका लागि आवश्यकता अनुसारको आवास कर्जा प्रदान गर्नका लागि ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस् नगद फिर्ता’ भन्ने नाराका साथ आवास कर्जा सञ्चालनमा ल्याएको छ ।

आवास कर्जा आकर्षक ब्याजदरमा २० वर्षको लागि लिन सकिने छ । 

बैंकले पुँजी बजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा पनि सञ्चालन गरेको छ । यो कर्जा, धितो राखेको सेयरको ६५% सम्मको कर्जा १ वर्षका लागि लिन सकिने छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभर ११९ वटा शाखा, २५ वटा एटीएम र करीब ७ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्बा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभर भिसा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ ।

हालै बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

salt training

कमेन्ट गर्नुहोस्