३१ असार २०८३, बुधबार

बालुवाटार जग्गा किनबेचमा न्यायाधीश रेग्मीको संलग्नता

साउन १७, २०७६
बालुवाटार जग्गा किनबेचमा न्यायाधीश रेग्मीको संलग्नता
प्रतिकात्मक तस्वीर

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएपछिको कारोबारमा सर्वोच्च अदालतका हालका न्यायाधीश कुमार रेग्मीको समेत संलग्नता भेटिएको छ ।

तत्कालीन कानून व्यवसायी रेग्मीले बालुवाटारको तीन कित्ता जग्गा खरिद गरी त्यसलाई ससाना टुक्रा बनाएर बेचेको पाइएको हो ।

बालुवाटार जग्गा खरिद प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, सम्पत्ति शुद्धीकरण विभाग र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले अध्ययनरअनुसन्धान गरिरहेका छन् ।

कान्तिपुर दैनिक लेख्छ – भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार रेग्मीले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा खरिद गरी विभिन्न व्यक्तिलाई बिक्री गरेको अभिलेखबाट देखिएको छ ।

कान्तिपुरलाई प्राप्त मालपोत मोठको प्रतिलिपि लगतलगायत प्रमाणबाट रेग्मी उक्त जग्गा कारोबारमा संलग्न देखिएका हुन् । उनले २०६१ माघ ११ मा कित्ता नं. ४४, ४६ र १६५ को जग्गा किनेका थिए । भाटभटेनी सञ्चालक गुरुङबाट राजीनामा पास गरी जग्गा लिएका रेग्मीले मालपोतको अभिलेखमा ५ लाख ८२ हजार रुपैयाँमा खरिद गरेको जनाएर राजस्व तिरेका छन् ।

नापी कार्यालयको तत्कालीन अभिलेखमा रेग्मीले किनेको कित्ता नम्बर ४४ को जग्गा ५ आना ३ पैसा, कित्ता नम्बर ४६ को क्षेत्रफल ५ आना १ पैसा र कित्ता नम्बर १६५ को क्षेत्रफल २ पैसा २ दाम छ । सबै जोड्दा उनले किनेको जग्गाको कुल क्षेत्रफल ११ आना २ पैसा २ दाम हुन्छ । त्यतिबेला प्रतिआना करिब ५० हजार रुपैयाँका दरले कारोबार भएको देखिन्छ ।

जग्गा किनेको करिब साढे दुई वर्षपछि रेग्मीले टुक्राटुक्रा पारेर बेचेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुन्धानबाट देखिएको छ । कित्ता नम्बर ४४ को जग्गालाई ९६, ९७, ९८ र ९९ नम्बरमा कित्ताकाट गरिएको छ । यी सबै टुक्रा जग्गाको कारोबार २०६४ साउन ४ गते गरिएको छ । विभिन्न सरकारी निकायमा पुगेको अभिलेखमा भने साउन ६ गते पास भएको विवरण छ । टुक्रा पारेर बेचिएका जग्गामध्ये कित्ता नम्बर ९६ को क्षेत्रफल ६७ दशमलव ५६ वर्गमिटर छ ।

फी बाँकी थियो, जग्गा लिएर बेचेको हुँ : रेग्मी

२०६० सालदेखि २०६४र६५ सम्म म भाटभटेनी डिपार्टमेन्ट स्टोरमा कानुनी सल्लाहकार थिएँ । त्यस्तो लिखित रुपमा त थिएन तर मीनबहादुर गुरूङ खोटाङकै हुन् । मेरो गाउँले पनि भए । म भर्खरै क्यानडाबाट एलएलएम गरेर आएको थिएँ ।

त्यसबेला मैले केही कानुनी सहयोग गरेको हो । त्योदेखि बाहेक अरु केही होइन । त्यो बेला कानुनी पाटो हेर्दा आफ्नो ‘फी’ को पनि कुरा थियो ।

अलिअलि पैसा लिनु थियो । सँगै भएका बेला उनीसँगै धेरै मान्छेले जग्गा लिएको हुनाले मैले पनि लिएँ । पछि त्यहाँ बाटो छैन, के छैन, त्यो राखेर पो के गर्ने भन्ने भएपछि एकरदुई वर्षमै बिक्री भइहाल्यो । जति टुक्रा थियो, त्यति नै बिक्री गरेको हो । पछि उनले नै टुक्रा गरेर बेचेका हुन् । त्यतिबेला जग्गाको पृष्ठभूमि केही थाहा थिएन । मीनबहादुर व्यापारिक पृष्ठभूमिको मान्छे भएकाले नाफा होला भनेर लगानी गरेको हो । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्