०७ असार २०८३, आइतबार

फ्र्यांकी जपाटाले होभरबोर्ड चढेर पार गरिछाडे इंग्लिश च्यानल (भिडियो)

फ्र्यांकी जपाटाले होभरबोर्ड चढेर पार गरिछाडे इंग्लिश च्यानल (भिडियो)

काठमाडौं – होभरबोर्डका आविष्कारक फ्र्यांकी जपाटाले त्यसमा चढेर आइतवार फ्रान्स र बेलायतको बीचमा रहेको इंग्लिश च्यानल पार गरेका छन् । 

मट्टितेलले चलाउने होभरबोर्डमा चढेर इंग्लिश च्यानल पार गर्ने उनी पहिलो व्यक्ति हुन् । 

यी ४० वर्षीय आविष्कारक फ्रान्सको कालायेस्थित सांगाट्टे किनारबाट उडेर बेलायतको डोभरस्थित ह्वाइट क्लिफ्स पुगेका थिए । बेलायती समयअनुसार बिहान सबा ७ बजे उनी डोभर पुग्दा उत्साहित भीडले उनको स्वागत गरेको थियो । 

उनी डोभर पुग्ने क्रममा उनलाई दुईवटा हेलिकप्टरले पहरा दिएका थिए । उनले २२ माइल लामो च्यानल २३ मिनेटमा पार गरेका थिए र औसत गति ८७ माइल प्रतिघन्टा कायम राखेका थिए । 

ह्वाइट क्लिफ्समा ओर्लने क्रममा उनले हात उठाएर उपलब्धिको खुशियाली मनाएका थिए । 

यसअघि इंग्लिश च्यानल पार गर्ने क्रममा जपाटा बीचैमा समुद्रमा खसेका थिए । तर आजको दिन उनले ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्