०२ असार २०८३, मंगलबार

त्रिभुवन विमानस्थलबाट ४ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

साउन २०, २०७६
त्रिभुवन विमानस्थलबाट ४ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
फाइल फोटो

काठमाडौं– चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

आइतवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा ड्र्यागन एयरको उडानबाट हङकङ हुँदै काठमाडौं आएका चिनियाँ नागरिक लिनिङ्शीलाई ४ किलो सुनसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यलयका प्रवक्ता (एसएसपी) श्यामलाल ज्ञावलीले लोकान्तरलाई बताए ।

चिनियाँ नागरिक राहदानी नम्बर ईसी ५४३८६६६ बाहक लिनिङ्शीलाई १/१ किलो तौलका ४ थान सुनसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्र्यागन एयरको उडानबाट हङकङ हुँदै काठमाडौं आएका उनलाई भन्सार रेड च्यानल एक्सरे एरियामा जाँच गर्ने क्रममा लगेजमा लुकाई ल्याएको उक्त सुन सहित फेला एयरपोर्ट प्रहरीले पक्राउ गरेको हो ।

लिनिङ्शीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको ज्ञावलीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्