२२ असार २०८३, सोमबार

सदन अवरोध अन्त्य गर्दै कांग्रेसले भन्यो : सरकारलाई संसदप्रति उत्तरदायी बनाउन नाराबाजी गर्नुपर्ने अवस्था आयो

सदन अवरोध अन्त्य गर्दै कांग्रेसले भन्यो : सरकारलाई संसदप्रति उत्तरदायी बनाउन नाराबाजी गर्नुपर्ने अवस्था आयो

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन सदनमा नाराबाजी गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

२७ दिनदेखि जारी संसदको अवरोध हटाउँदै विपक्षी दलले मानवअधिकारको विषयमा सरकारलाई जिम्मेवार बनाउन संसद अवरोधको अवस्थासम्म पुग्नु परेको बताएका हुन् ।

प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर बोलेकी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले संसदलाई गतिशिल बनाउनु पर्दछ भन्ने प्रतिपक्षको मान्यता रहेको बताइन् ।

सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरूले लोकातन्त्र र मानव अधिकारको विषयलाई सदनमा प्रवेश गराइएको भुसालले बताइन् ।

‘प्रमुख प्रतिपक्षी दलले उठाएका मागको सम्बोधनका लागि सभामुखको प्रभावकारी भुमिकाको अपेक्षा राखेका छौं’ भुसालले भनिन् । राजपाका राजकिशोर यादवले सभामुखले रुलिङ गरिसकेको विषयमा सरकार गम्भीर नभएकोले संसदको बेलमा नारावाजी गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

यादवले मधेसमा बाढी पीडितको लागि राहत प्रभावकारी नभएको विषयमा सरकारको ध्यानाकर्षण पनि गराए ।

salt training

कमेन्ट गर्नुहोस्