काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद राजेन्द्र महतोले नागरिकता खारेजीको विषयमा आफ्नो नाम जोडेर मानहानी गरिएको गुनासो गरेका छन् ।
प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा सभामुखसँग समय लिएर महतोले भने– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर समाचार आएको छ । त्यसलाई व्यापक रुपमा प्रचार–प्रसार भएको छ । त्यो कुन राजेन्द्र महतो हो ?'
उनले सरकारले यस्तो संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा नागरिकता खारेज भएका व्यक्तिको ठेगाना उल्लेख नगरेर गलत प्रचार गराएको आरोप लगाए ।
'यो कुन नियतले हो ? चौतर्फी असफल भएको सरकारले भ्रमको खेती गरेर के गर्न खोजेको हो ?' महतोले प्रश्न गरे ।