२१ असार २०८३, आइतबार

घुस लिएको आरोपमा अधिकृत पक्राउ

घुस लिएको आरोपमा अधिकृत पक्राउ

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित हेटौँडास्थित एक कार्यालयका अधिकृतलाई पक्राउ गरेको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले जनाएको छ ।

आयोगका अनुसार अधिकृत अमात्यलाई आइतबार आयोगको हेटौँडाको टोलीले कार्यालयबाट नै पक्राउ गरेको हो ।

उद्योग दर्ता गर्न आवश्यक प्रक्रिया पूरा गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा हेटौँडास्थित कार्यालय पुगेको प्रहरी नायब निरीक्षक नृतृत्वको टोलीले अमात्यलाई रु ५० हजार घुससहित पक्राउ गरेको आयोगको हेटौँडा कार्यालयका सूचना अधिकारी देवराज राईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्