०१ असार २०८३, सोमबार

चीनको प्रभाव रोक्न भारतले गर्‍यो नेपालमा ग्यास पाइपलाइन बनाइदिने प्रस्ताव

कात्तिक २०, २०७४
चीनको प्रभाव रोक्न भारतले गर्‍यो नेपालमा ग्यास पाइपलाइन बनाइदिने प्रस्ताव
काठमाडौं, १५ चैत– छिमेकी मुलुक भारतले नेपाली सीमासम्म निःशुल्क एलपीजी ग्यासको  पाइपलाइन विस्तार गरिदिने प्रस्ताव गरेको छ ।

उत्तर प्रदेशमा गरीब परिवारलाई निःशुल्क ग्यास पाइपलाइप जोड्ने उज्वल नामक कार्यक्रमको सफलतापछि त्यस्तै खालको योजना नेपालमा पनि लागू गराउन मोदी सरकारले सहयोग गर्ने प्रस्ताव ल्याएको हो ।

आपूर्ति मन्त्री दीपक बोहरा र भारतीय तेलमन्त्री धर्मेन्द्र प्रधानबीच दिल्लीमा भएको छलफलका क्रममा धर्मेन्द्रले नेपाली सीमासम्म ग्यास पाइपलाइन विस्तारमा सहयोग गर्न भारत तयार भएको बताएका हुन् । उक्त ग्यास पाइपलाइन विस्तारमा २०० करोड बजेट लाग्ने बताइएको छ ।gas-nepal

‘नेपाल– भारतबीच सन् १९७४ मा इन्धन आपूर्ति सम्झौता भएको छ । नेपालमा इन्धन आपूर्तिमा भारतको कुनै व्यापारिक स्वार्थ छैन’, छलफलका बोहारासँग धर्मेन्द्रले भने ।
नेपाल– भारतबीच रोटीबेटीको सम्बन्ध रहेकाले नेपालमा पनि सहयोग गर्ने मात्रै भारतीय चाहना भएको उनको भनाई छ ।
साथै नेपाल -भारतबीच तेल आपूर्तिसम्बन्धी समयवधि थप पाँच वर्षको लागि नविकरण समेत गरिएको छ ।

नेपालमा बढ्दो चिनियाँ प्रभावलाई रोक्न नयाँ दिल्लीले नेपालका लागि यस्तो आकर्षक प्रस्ताव गरेको टाइम्स अफ इन्डियाले आफ्नो समाचारमा जनाएको छ ।
गत वर्ष भएको मधेस आन्दोलन र भारतीय नाकाबन्दी पछि नेपालमा भारत विरोधी भावना समेत बढिरहेको सन्दर्भमा त्यसलाई मत्थर पार्न दिल्लीको यो रणनीतिक योजना हुनेसक्ने औंल्याइएको छ ।

भारतीय नाकाबन्दीपछि नेपालले चीनसँग व्यापार र इन्धन सम्झौता समेत गरेको थियो । तर आपूर्तिमा भौगोलिक कठिनाइको कारणले गर्दा चीनबाट इन्धन ल्याउन समस्या भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्