२८ जेठ २०८३, बिहीबार

धारा ३७० हटाइयो, अब राम मन्दिर निर्माण र समान नागरिक संहिता ?

धारा ३७० हटाइयो, अब राम मन्दिर निर्माण र समान नागरिक संहिता ?

काठमाडौं – कश्मीरमा अनुच्छेद ३७० खारेज गरिएसँगै भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघको सबभन्दा ठूलो एजेन्डा पूरा भएको छ । 

यो विषय भाजपाको चुनावी घोषणापत्रको एक अंग थियो र संघको सबभन्दा ठूलो माग पनि यही थियो । त्यसैले राज्यसभामा गृहमन्त्री अमितश शाहले धारा ३७० हटाउने प्रस्ताव राख्दा जनसंघका संस्थापक श्यामा प्रसाद मुखर्जीको पनि चर्चा गरे । अर्थमन्त्री निर्मला सीतारमणले पनि मुखर्जीलाई उद्धृत गर्दै एक देशमा दुई प्रधान, दुई संविधान सम्भव नभएको बताइन् । 

संघका एक वरिष्ठ नेताले भाजपा सरकारको प्रचण्ड बहुमत भएका कारण हिन्दुस्तानका लागि आवश्यक सबै कानून बन्ने आशा गरेको बताए । समान नागरिक संहिता (कमन सिभिल कोड) बनाउने दिशामा भाजपा अघि बढ्न सक्ने उनको भनाइ छ । ट्रिपल तलाकलाई फौजदारी अपराध बनाउने कानून त्यसैतर्फको पहिलो कदम भएको उनले बताए । उनले जनसंख्या नियन्त्रण कानून पनि आउने आशा गरेका छन् । 

संघका अर्का नेताले राम मन्दिर बनाउने बाटो पनि चाँडै खुल्ने बताएका छन् । सर्वोच्च अदालतले यस विषयमा दिनहुँ जसो सुनुवाइ गरिरहेकाले अदालतको फैसला आउनेबित्तिकै सरकारले अयोध्यामा भव्य राम मन्दिर निर्माण गर्ने दिशामा अघि बढ्ने उनको भनाइ छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्