०६ साउन २०८३, बुधबार

सुबिसु कार्यालय भवनमा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

प्रहरी भन्छ- 'फ्यूलबाट आगो सल्किएको जस्तो देखिन्छ'
सुबिसु कार्यालय भवनमा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

काठमाडौं– केबुल तथा इन्टरनेट सेवा प्रदायक संस्था सुबिसुको बालुवाटारस्थित कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ । यद्यपि आगलागीबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन ।

काठमाडौं महानगरपालिका, त्रिभुवन विमानस्थल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाका दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

'आगो लगभग नियन्त्रणमा आएको छ,' डीएसपी बोगटीले लोकान्तरसँग भने, 'क्षतिको विवरण भने आइसकेको छैन ।'

उनले आगो फ्यूलबाट सल्किएको जस्तो देखिए पनि खास कारण खुल्न बाँकी रहेको बताए ।

'आगो जेनेरेटरमा राखेको तेलबाट लागेको हुनसक्छ, किन भने फ्यूलबाट सल्किएको आगो निभाउन गाह्रो हुन्छ,' डीएसपी बोगटीले भने, 'यद्यपि खास कारण भने खुलिसकेको छैन ।'

घटनास्थलमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली पनि खटिएको उनले बताए ।

आगो पूर्ण रूपमा नियन्त्रणमा लिगन डेढ घण्टाभन्दा बढी समय लागेको थियो । ठूलै क्षति भएको आशंक गरिए पनि यकिन विवरण भने आइसकेको छैन ।

हेर्नुहोस्, आगलागीका थप तस्वीरहरू:

salt training

कमेन्ट गर्नुहोस्