२१ जेठ २०८३, बिहीबार

हुलाक बचत बैंकमा ५ करोड रुपैयाँ निक्षेप

हुलाक बचत बैंकमा ५ करोड रुपैयाँ निक्षेप

बारा – जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बैंकमा आर्थिक वर्ष २०७५/७६ मा कूल ५ करोड ३५ लाख ३८ हजार ३०१ रुपैयाँ निक्षेप जम्मा भएको छ ।

यस वर्ष मात्र १ हजार ३२२ ग्राहकले ४ करोड ६७ लाख ५ हजार ३०२ रुपैयाँ निक्षेप जम्मा गरेकामा सोको ब्याज ४ लाख ३ हजार ९५१ र गत वर्षको निक्षेप ६४ लाख २९ हजार ५७ समेत गरी कूल ५ करोड ३५ लाख ३८ लाख ३०१ मध्ये निक्षेपकर्ताले ४ करोड ८६ लाख ३० हजार ५६३ रुपैयाँ झिकेको र बाँकी ४९ लाख ७ हजार ७४७ हुलाक कार्यालयको कूल सम्पत्ति रहेको कार्यालय प्रमुख सुरेन्द्र यादवले जानकारी दिए ।

आर्थिक वर्ष २०७५/७६ मा हुलाक बचत बैंकले ४३ ग्राहकलाई ७० लाख २८ हजार ३०३ ऋण लगानी गरेको र २०७६ असार मसान्तसम्म ८ लाख २९ हजार ४४७ मौज्दात रहेकामा ३० लाख ५० हजार ३६८ रुपैयाँ हुलाकको केन्द्रीय चल्ती खातामा जम्मा रहेको प्रमुख यादवले बताए ।

salt training

कमेन्ट गर्नुहोस्