कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
चितवन – प्रसूति सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको संख्या बढ्दो छ ।
गत आर्थिक वर्षमा १३ हजार ५४५ महिलाले अस्पतालमा बच्चा जन्माएका हुन् । तीमध्ये १३ हजार ३२७ जीवित बच्चा जन्मेका थिए भने बाँकी मृत अवस्थामा जन्मेका थिए ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हरेक वर्ष सुत्केरी हुने आमाको संख्या बढ्दो छ । प्रसूति गृहपछि सबैभन्दा बढी बच्चा यही अस्पतालमा जन्मने गर्दछन् । अघिल्लो आवमा १३ हजार ५२५ महिलाले बच्चा जन्माएका थिए । आव २०७३/७४ मा यो संख्या १२ हजार ९८० रहेको थियो ।
गत आवमा बच्चा जन्माउनेमध्ये ४ हजार ६७ जनाको शल्यक्रिया गरिएको थियो भने अन्यको सामान्य ढंगबाट सुत्केरी गराइएको पौडेलले जानकारी दिए । विगतका वर्षमा पनि यही अनुपातमा शल्यक्रिया हुने गरेको छ ।
अस्पतालमा आउने बिरामीको संख्या धेरै रहेको छ । विभिन्न कारणले आमा र शिशुको उपचारका क्रममा मृत्यु हुने गरेको अस्पतालले जनाएको छ । सूचना अधिकारी पौडेलका अनुसार गत आवमा ४ जना आमाको मृत्यु भएको थियो भने अघिल्लो आवमा यो संख्या ५ रहेको थियो ।
जन्मिएपछि गत वर्ष ३१ जना शिशुको निधन भएको थियो । उनका अनुसार अघिल्लो आवमा यो संख्या २७ रहेको थियो ।
अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पोख्रेलका अनुसार ठूलो संख्यामा प्रसूति हुने क्रममा विभिन्न कारणले आमा र बच्चाको निधन हुने गरेको छ । यो संख्या राष्ट्रिय रुपमा कम रहेको र अझै तल झार्ने क्रममा रहेको उनले जानकारी दिए ।
अस्पतालमा रहेका पुराना, अनुभवी र दक्ष चिकित्सक एवं नर्सिङ कर्मचारीहरुका कारण सबै तिरबाट बच्चा जन्माउनका लागि यहाँ आउने गरेको पोख्रेलको भनाइ छ । बच्चा जन्माउने काममा ८५ प्रतिशत भूमिका नर्सिङ कर्मचारीको हुने चिकित्सकहरू बताउँछन् ।
भरतपुर अस्पतालमा ३५ वर्षदेखि प्रसुती विभागमा काम गरेका अनुभवी कर्मचारी रहेका छन् । पोख्रेलका अनुसार प्रसूति कक्ष (लेवर रुम) मा १९ जना नर्सिङ कर्मचारी रहेको र उनीहरु चौबिसै घण्टा उपलब्ध हुने गरेका छन् ।
अस्पतालमा १० जना प्रसूतिका विशेषज्ञ चिकित्सक रहेका छन् । पोख्रेलका अनुसार छिमेकी मेडिकल कलेज, क्यान्सर अस्पताल र अन्य अस्पतालहरुका चिकित्सकले पनि आफ्ना आफन्तहरु प्रसूति गराउन भरतपुर अस्पताल नै ल्याउने गर्दछन् ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रीराम तिवारीले दक्ष जनशक्ति, चौबिसै घण्टा चिकित्सक सहितको सेवा, बिरामीलाई दिइने प्राथमिकता, निःशुल्क प्रसूति सेवा लगायतका कारण यो अस्पतालमा प्रसूति गराउनेको संख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको बताए । अस्पतालमा छुट्टै सुविधासम्पन्न प्रसूतिगृह निर्माण गरी शिशु सघन उपचार कक्षको क्षमता विस्तार गर्न आफू लागिपरेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. तिवारीले बताए ।
अस्पतालमा नै देशभरका नर्सलाई तालिम दिने केन्द्र रहेको भन्दै उनले दक्ष नर्सिङ कर्मचारीका कारण प्रसूतिमा थप सहजता आएको बताए । निजीमा प्रसूति गराउँदा ठूलो रकम खर्च हुने भएपनि सरकारी अस्पतालमा निःशुल्क प्रसूति सेवा र शिशु सघन उपचार कक्षमा सेवा प्राप्त हुने भएकाले सबैलाई सहजता मिलेको उनले बताए ।
निजी अस्पतालमा शल्यक्रिया गरेर बच्चा झिक्न ५० हजार रुपैयाँ हाराहारी खर्च हुने गर्दछ । सरकारी अस्पतालमा प्रसूति गराउँदा यहाँको जन्म प्रमाणपत्रपछि सम्म काम लाग्ने र भरपर्दो हुने गर्दछ ।
महिलाले सुत्केरी हुनुअघि कम्तीमा ४ पटक गर्भ परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षणलाई अझ बढी व्यवस्थित गर्नका लागि अस्पताल प्रशासन लागिपरेको उनको भनाइ छ । नयाँ भवन भएसँगै सबै व्यवस्थित हुने उनले जानकारी दिए ।
अस्पतालको शिशु सघन उपचार कक्ष १२ शय्याको मात्र रहेको छ । जसका कारण यहाँ आमा राखेर शय्याको अभावमा शिशुलाई अन्य अस्पतालको शिशु सघन उपचार कक्षमा राख्ने बाध्यता रहेको छ । – नारायण अधिकारी/रासस
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...