११ साउन २०८३, सोमबार

बंगलादेशका ब्याट्सम्यानमाथि नेपाली बलर हावी

कात्तिक २०, २०७४
बंगलादेशका ब्याट्सम्यानमाथि नेपाली बलर हावी

काठमाडौं, १५ चैत– सोमबारदेखि सुरु भएको एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आयोजक बंगलादेशमाथि नेपाली बलर हावी भएका छन् ।

बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले टस जितेर बलिङ रोज्दा बंगलादेशले ब्याटिङ गरिरहेको छ ।

३३ ओभरको खेल सकिँदासम्म बंगलादेशले ६  विकेट गुमाएर १४३ रनको योगफल तयार गरेको छ । खेलको सुरुवातमै नेपाली बलरहरुले बंगलादेशी ब्याट्सम्यानलाई पेभिलियन फर्काएका थिए । बंगलादेशका ओपन मोहम्मद सैफ हसन १० बलमा ७ रन बनाएर आउट भए भने अर्का ओपनर अजमिर अहमदले १ रन पनि बनाउन सकेनन् ।

बंगलादेशका लागि मोमिनुल हेक्युले अर्धशतकीय पारी खेल्दै ६१ रन बनाएर आउट भए । यस्तै नाजिर हुसैन पनि ५० रन बनाएर आउट भएका छन् । अन्य ब्याट्सम्यानहरुले भने खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

नेपालका लागि अविनाश कर्ण एक्लैले ३ विकेट लिएका छन् । यस्तै सन्दिप लामिछानेले २ र मेहवुव आलमले १ विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्