२२ असार २०८३, सोमबार

ज्ञानेन्द्रलाई भेटेको समाचार या त पुष्टि गर, नत्र क्षमायाचना गर - रक्षामन्त्री पोखरेल

ज्ञानेन्द्रलाई भेटेको समाचार या त पुष्टि गर, नत्र क्षमायाचना गर - रक्षामन्त्री पोखरेल
फाइल फोटो

काठमाडौँ - रक्षामन्त्री ईश्वर पोखरेलले आफूले ज्ञानेन्द्र शाहसँग भेट गरेको पुष्टि गर्न चुनौती दिएका छन् ।

कार्यवाहक प्रधानमन्त्री समेत रहेका पोखरेलले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेट गरेको विषयलाई सञ्चारमाध्यमहरूले समाचार बनाएपछि समाचार पुष्टि नभए क्षमायाचना गर्नुपर्ने टिप्पणी गरेका हुन् ।

बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै पोखरेलले ज्ञानेन्द्र शाहसँग भेट गरेको र षड्यन्त्रका तानाबाना बुनेको भन्दै सनसनीखेज समाचार बनाएकोप्रति ठूला छापाहरू र अनलाइनलाई पुष्टि गर्न चुनौती दिए ।

उनले आफ्नो ट्वीटमा भनेका छन्, 'निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षडयन्त्रका तानाबाना बुनेको सनसनीख़ेज़ र शतप्रतिशत गलत समाचार छाप्ने केही ठूला छापाहरू , अनलाइनहरू तथा त्यसैमा केन्द्रीत रही विश्लेषण गर्ने विश्लेषकहरू प्रति खेद व्यक्तगर्दछु । पुष्टी गर नभए नैतिकता छ भने क्षमायाचना गर !'

salt training

कमेन्ट गर्नुहोस्