
काठमाडौँ - राजधानीस्थित स्वयम्भुको विजेश्वरीस्थित एक हाउजिङ एपार्टमेन्टमा गोली चलेको छ ।
अपराध महाशाखाको टोलीले गुण्डागर्दीको आरोप लागेका मिलन लामामाथि गोली चलाएको हो ।
अपराध महाशाखाका एसएसपी सहकुल थापाले गुण्डागर्दीको आरोप लागेका लामालाई समाउन खोज्दा भागेपछि गोली चलाउनुपरेको लोकान्तरलाई बताए ।
उनले अर्का आरोपी अमित तामाङलाई पनि पक्राउ गरिएको जानकारी दिए ।
घुंडामा गोली लागेका लामालाई उपचारका लागि ट्रमा सेन्टर लागिएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।