०३ असार २०८३, बुधबार

त्रिशूली नदीमा महिला र बालकको शव फेला

त्रिशूली नदीमा महिला र बालकको शव फेला
प्रतिकात्मक तस्वीर

तनहुँ – जिल्लाको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा महिला र बालकको शव फेला परेको छ ।

नदी किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र ६/७ वर्षका बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्