
काठमाडौं– काठमाडौं उपत्यकाका नदी तथा खोलाहरूमा पानीको बहाब बढ्दो क्रममा रहेको भन्दै सरकारले सचेत रहन अपिल गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत बाढी पूर्वानुमान विभागले आइतवार बिहान ट्वीट गर्दै जुनुकै बेला बाढी पस्न सक्ने भन्दै सचेत रहन अपिल गरेको हो ।
'हाल काठमाडौं उपत्यकाको बागमती, विष्णुमती, नख्खु, हनुमन्ते, मनोहरा लगायत सबै नदीहरूमा बहाव बढ्दो क्रममा छ, मनोहरा र हनुमन्ते लगायतमा बहाव सतर्कता तह आसपास छ र बढ्दो रहेकाले खतराको तहसम्मको बाढी आई नदी किनारको बस्तीमा पस्न सक्छ, सतर्क रहौं।'
श्रावण २६ विहान ६ः२० बजे
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 11, 2019
हाल काठमाण्डौ उपत्यकाको बागमती, विष्णुमती, नख्खु, हनुमन्ते, मनोहरा लगायत सबै नदीहरूमा बहाव बढ्दो क्रममा छ, मनोहरा र हनुमन्ते लगायतमा बहाव सतर्कता तह आसपास छ र बढ्दो रहेकाले खतराको तह सम्मको बाढी आई नदी किनारको बस्ती मा पस्न सक्छ, सतर्क रहौ। @NEOCOfficial pic.twitter.com/oBzUkLyEID