२६ जेठ २०८३, मंगलबार

अमेरिकी व्यापारी जेफ्री इपस्टाइनले कारागारमा आत्महत्या गरेपछि उठ्यो प्रश्न

अमेरिकी व्यापारी जेफ्री इपस्टाइनले कारागारमा आत्महत्या गरेपछि उठ्यो प्रश्न

काठमाडौं – यौनका लागि बालिका ओसारपसार गरेको आरोप लागेका अमेरिकाका व्यापारी जेफ्री इपस्टाइनले कारागार कक्षमा आत्महत्या गरेपछि कसरी त्यो सम्भव भयो भनी प्रश्नहरू उठेका थिए । 

उनको शरीर शनिवार बिहान न्युयोर्कको एक कारागारमा फेला परेको थियो । 

अघिल्लो महिना इपस्टाइन कारागर कक्षमा अर्धचेत अवस्थामा फेला परेका थिए । त्यतिखेर उनले आत्महत्याको प्रयास गरेको जस्तो देखिन्थ्यो । 

न्युयोर्कका मेयर बिल दे ब्लासियोले घटनाको पूर्ण छानबीनको आदेश दिएका छन् । 

‘उनले के जान्दथे भन्ने कुरा हामी धेरैलाई थाहा पाउन मन छ,’ दे ब्लासियोले भने । ‘अरू को को अर्बपति र खर्बपतिहरू इपस्टाइनको अवैध गतिविधिमा संलग्न थिए । त्यो सूचना इपस्टाइनसँगै मर्न सक्दैन । त्यसको पनि अनुसन्धान गरिनुपर्छ ।’

इपस्टाइनविरुद्ध अघिल्लो महिना मानव ओसारपसार र षड्यन्त्रका आरोप लागेका थिए । उनलाई विना धरौटीको हिरासतमा राखिएको थियो । 

अदालतका दस्तावेजका सयौं पृष्ठहरू सार्वजनिक गरेर उनीविरुद्ध तथा उनका अन्य उच्चवर्गीय साथीहरूविरुद्ध नयाँ आरोप लगाइएको एक दिनपछि उनको मृत्यु भएको हो । 

इपस्टाइनलाई न्युयोर्कको मेट्रोपोलिटन करेक्सनल सेन्टरमा शनिवार बिहान बेहोश अवस्थामा फेला पारिएको थियो । फेला परेको केही समयपछि नै उनको मृत्यु भयो ।

अघिल्लो महिना उनलाई धरौटी दिन नमानिएपछि उनलाई गर्दनमा चोटपटक लागेको अवस्थामा भेटिएको थियो र अस्पताल लगिएको थियो । कारागार अधिकारीहरूले सम्भाव्य आत्महत्याको प्रयासका रूपमा यसलाई अनुसन्धान गरिरहेका थिए । 

उक्त घटनापछि इपस्टाइनले आत्महत्या गर्न सक्ने भन्दै निगरानी राखिएको नराखिएको विषयमा फरक फरक किसिमका समाचार आएका छन् । 

‘उनलाई विशेष सुरक्षामा किन राखिएन ? यहाँ के भइरहेको छ ? यस प्रश्नको पूर्ण उत्तर हामीहरूले पाउनुपर्छ,’ दे ब्लासियोले भने ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्