२९ जेठ २०८३, शुक्रबार

योगी आदित्यनाथका गुरुभाइ थिए एक मुसलमान सन्त

कात्तिक २०, २०७४
योगी आदित्यनाथका गुरुभाइ थिए एक मुसलमान सन्त

काठमाडौं— भारतको उत्तर प्रदेशका नयाँ मुख्यमन्त्री योगी आदित्यनाथका मुसलमान गुरुभाइ गुजरातमा बस्थे ।


गुजरातको विसनगरको नाथ सम्प्रदायको मठका महन्त गुलाबनाथ बापूको जन्म मुसलमान परिवारमा भएको थियो । जन्मँदा उनको नाम गुल मोहम्मद पठान थियो तर उनको पहिचान हिन्दू हार्डलाइनरका रूपमा छ । गुलाबनाथ र आदित्यनाथ गुरुभाइ हुन् ।

आदित्यनाथका गुरु अवैद्यनाथ नै गुलाबनाथका पनि गुरु हुन् । उनीहरूका बीच प्रगाढ सम्बन्ध छ ।

गुलाबनाथ बापूको सन् २०१६ मा निधन भएको थियो । आदित्यनाथ उनको अन्तिम संस्कारमा सामेल भएका थिए । अनि योगीले नै गुजरात मठमा नयाँ महन्तलाई पनि नियुक्त गरेका थिए ।

मठका नयाँ सञ्चालक शंकरनाथले बताए, ‘गुलाबनाथ बापू गुरु शिष्य परम्परामा छैठौं पिढीका थिए । गोरखनाथ मठका महन्त अवैद्यनाथ र योगी आदित्यनाथका साथसाथै नाथ सम्प्रदायसँग जोडिएका कारण गुलाबनाथ योगीसँग नजिक थिए । बापूले अवैद्यनाथलाई गुरु मान्थे र आदित्यनाथलाई गुरुभाइ ।’

गुलाबनाथ गोरखपुरमा हुने सबै ठूला कार्यक्रममा उपस्थित हुन्थे । गत वर्ष गुलाबनाथ गोरखपुर मठ पुग्दा योगी आदित्यनाथ र प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई सम्मानित पनि गरेका थिए ।

नवभारत टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्