०३ असार २०८३, बुधबार

सुर्खेतमा कोल्ड स्टोर खुल्दै, तरकारी र आलुको बीऊ राख्ने तयारी

साउन २९, २०७६
सुर्खेतमा कोल्ड स्टोर खुल्दै, तरकारी र आलुको बीऊ राख्ने तयारी

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोल्ड स्टोर सञ्चालन हुने भएको छ । जिल्लाको भेरी गंगा नगरपालिकाको वडा नं. १० झिलिमिलीमा उक्त कोल्ड सेन्टर सञ्चालनमा आउन लागेको हो ।

भेरी गंगा नगरपालिकाको ६५ लाख, गुर्भाकोट नपाको ५ लाख, भूमि व्यवस्था कृषि तथा सहकारी मनत्रालयको १५ लाख गरी एक करोड ५९ लाखको लागतमा सेन्टर सञ्चालनमा आउन लागेको नारी जागरण बहुउद्देषीय कृषक समुहका अध्यक्ष ज्ञानु भुसालले जानकारी दिइन् ।

‘८ सय भन्दा बढी जनताको शेयर लगानी गरेका छौं,' उनले भनिन्, ‘८५ ओटा समुहमा रहेका जनताको लगानी गरिएको हो ।’

संस्थामा आवद्ध सबैले आलुको बीउ उत्पादन गर्ने गरेको उनको भनाई छ । ‘हामी सबैले पहिलो, दोश्रो् र तेश्रो पुस्ताको बीऊ उत्पादन गरिरहेका छौं, बीऊलाई कोल्ड स्टोर नहुँदा बचाउन गाह्रो भइरहेको थियो ।’

यसअघि कोहलपुरको कोल्ड स्टोर प्रयोग गर्दा बढी खर्चालु हुने गरेको उनको भनाई छ । ‘दुइ सय मे.टन आलुको बीऊ राख्न मिल्ने क्षमताको कोल्ड स्टोर बनाएका हौं,' उनले भनिन्, ‘बिजुलीको तीन फेज लाइन नभएका कारण अहिले सञ्चालनमा ल्याउन नसकेका हौं । अब आफ्नै ट्रान्सफर्मर ल्याएका कारण केही दिनमा हामी शुरू गर्छौं ।’ तर कोल्ड स्टोरको छतलाई हावाले उडाइदिएको छ ।

‘असार ११ गते राती आएको हावा हुरीले हाम्रो कोल्ड सेन्टरको छानो उडाइ दिएको छ,' उनी गुनासो गर्छिन्, ‘इन्जिनीयरले अब छाना बनाउन साढे बाह्र लाख लाग्ने बताएका छन् । लगानी जुटाइरहेका छौं ।’ समुहका सदस्यहरुले बेसार खेती पनि गरिरहेको तथा अन्य तरकारी खेतीसमेत गरिरहेको बताइन् ।

‘हामीलाई कोल्ड स्टोर नभएका कारण तरकारीको जगेर्ना गर्न गाह्रो भइरहेको थियो,' उनले भनिन्, ‘तर अब हामीलाई सहज भएको छ । कम खर्चिलो छ ।’

उनले प्रति किलो ४ रुपैंयाका दरले सेवा लिने निर्णय भइसकेको बताइन् । यता, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी मन्त्रालयले अन्य केहि सहयोग गर्नुपरे तयार रहेको बताइन् । ‘हामी जस्तोसुकै सहयोग गर्न पनि तयार छौं,' मन्त्री केसीले भनिन्, ‘तरकारी तथा अन्य बालीमा कर्णालीलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्नेमा सरकार लागिरहेको छ । सबैको साथ र सहयोगको अपेक्षा छ ।'

salt training

कमेन्ट गर्नुहोस्