काठमाडौं १५ फागुन - नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभ सिंह पुरीले उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापासँग भेटवार्ता गरेका छन् ।

मन्त्री थापासँग राजदूत पुरीले मंगलवार सिंहदरवार स्थित स्थानीय विकास मन्त्रालयमा भेटवार्ता गरेका हुन् । गत शुक्रवार नेपाल आएका भारतीय राजदूत पुरीले सोमवार एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए ।