काठमाडौं, १५ चैत – स्वास्थ्यमा समस्या आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री दिलनाथ गिरी अस्पताल भर्ना भएका छन् ।

आज दिउँसो मन्त्रालयको काममा सक्रिय रहिरहेकै बेला अचानक स्वास्थ्यमा गडबडी देखिएसँगै स्वास्थ्य परीक्षणका लागि ओम अस्पताल पुग्दा उनलाई अर्ली निमोनिया भएको पाइएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालका अनुसार उनी केहि दिन अस्पतालमै बस्नुपर्नेछ भने उपचारमा डा. सुवोध सागर ढकालको टीम संलग्न छ ।