
काठमाडौं- नेपाल र चीनबीच ‘सगरमाथा फ्रेण्डसीप’ नाम दिइएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुने संयुक्त अभ्यासका लागि बिहीवार २२ जना जनमुक्ति सेना नेपाल आएका छन् ।
बिहीवार आएको जनमुक्ति सेना र नेपाली सेनाको संयुक्ता टोलीले काठमाडौं महारागञ्ज र नगरकोटमा अभ्यास गरिरहेको नेपाली सेना प्रवक्ता सहायक रथी विज्ञानदेव शर्माले बताए ।
‘विश्वभरमा सुरक्षा चुनौतीको रूपमा देखिँदै आएको आतंकवादबाट भविष्यमा हुनसक्ने सम्भावित चुनौतीलाई मध्यनजर गरेर अभ्यास गर्दै/हुँदै आएको छ,’ साहयक रथी शर्माले भने ।
संयुक्त अभ्यास २ सातासम्म चल्ने संयुक्त अभ्यास २०७४ सालबाट शुरूआत भएको संयुक्त अभ्यास पहिलो नेपालमा र दोस्रो २०७५ सालमा चीनमा भएको थियो भने तेस्रो नेपालमा भइरहेको सेनाले जनाएको छ ।
आफूहरूसँग भएको ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभ्यास गर्दै आएको प्रवक्ता पाण्डेले बताए ।
‘काउन्टर टेरोरिज्म, प्रतिआतंकवाद सम्बन्धी ड्रीलहरू लगायतका विषयमा अभ्यास हुने गरेको छ,’ उनले लोकान्तरसँग भने । गत साउनमा हुने भनिएको नेपाली सेना र जनमुक्ति सेनाबीच नियमित संयुक्त सैन्य अभ्यास १ महिना ढिला शुरू भएको हो ।