२७ असार २०८३, शनिबार

आक्रमणमा परी सिरियामा ५० विद्रोही मारिए

आक्रमणमा परी सिरियामा ५० विद्रोही मारिए
फाइल फोटो

दमास्कस- अमेरिकी नेतृत्वको सेनाको आक्रमणमा परी सिरियामा कम्तीमा ५० विद्रोही मारिएका छन् ।

विद्रोही कमाण्डरहरुको बैठक भइरहेको ठाउँलाई लक्षित गरेर आक्रमण भएकाले मृत्यु भएकाहरु पनि अधिकांश कमाण्डर नै रहेका छन् ।

देशको उत्तरपश्चिमी प्रान्त इड्लीबमा घटना भएको युद्ध अनुगमनकर्ताहरुले जानकारी दिएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सका अनुसार हुर्रास अल डिन र अन्सार अल तव्हीड समूहको बैठक भएको थियो । यी दुवै समूह अलकायदासँग आबद्ध रहेका समूह हुन् ।
सिरियाली सेनाले गत शुक्रबार युद्धविराम घोषणा गरिसकेको अवस्थामा शनिबार अमेरिकी हवाई आक्रमण भएको हो । 

कमेन्ट गर्नुहोस्