
काठमाडौँ -नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाको नाम लिएर विभिन्न सरकारी कार्यालयमा गएर बम पड्काउने धम्की दिई रकम असुल्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
विप्लप समुहको काठमाडौं जिल्ला ईन्चार्ज हुँ भनी घरमा बम पड्काउने र जिउज्यान लिने सम्मको धाक-धम्की दिई रकम असुल्ने ३ जनालाई अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
आइतवार उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ ३ जनामध्ये सुवास कोइरालाको साथमा जनध्वनि साप्ताहिक समाचार पत्रको सम्पादकको परिचयपत्र समेत बरामद भएको थियो ।
पक्राउ पर्नेमा गौरादह झापाका वर्ष ४२ का विश्वराज शर्मा, झापा भद्रपुरका ४१ वर्षीय सुवास कोइराला र झापा भद्रपुरका २४ वर्षीय शुभम घिमिरे रहेका छन् ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको छ । उनीहरूमाथि थप अनुसन्धान जारी छ ।