
काठमाडौं– विभिन्न बैंकका एटीएमबाट रकम निकाल्ने चिनियाँ ह्याकरहरुमध्ये फरार २ जनाबारे प्रहरीले थप तथ्य फेला पारेको छ ।
फरार रहेका २ जनाले काठमाडौंको डेक्सो मनि चेन्जरबाट २९ लाख रुपैयाँ साटेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी होविन्द्र बोगटीले यसबारे थप अनुसन्धान भइरहेको जनाए ।
प्रहरीले शनिबार विभिन्न एटीएमबाट रकम निकाल्ने ५ जनालाई पक्राउ गरेको थियो भने सो समूहका एक जनालाई गएराती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भाग्दैगर्दा पक्राउ गरेको थियो ।