२२ असार २०८३, सोमबार

८ अर्ब ६५ करोड बराबरको ट्रेजरी बिल विक्रि गर्दै राष्ट्र बै‌ंक

८ अर्ब ६५ करोड बराबरको ट्रेजरी बिल विक्रि गर्दै राष्ट्र बै‌ंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले आठ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

सोमबार बोलकबोल प्रक्रियाबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये तीन अर्ब १३ करोड रुपैयाँ ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको छ । उक्त परिमाणको ट्रेजरी बिल आगामी मंसिर १७ गते परिपक्व हुनेछ ।

यस्तै पाँच अर्ब ५२ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिनमा परिपक्व हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्