२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न महासचिव पौडेल र प्रस्तावित उपाध्यक्ष गौतम सिंगापुर जाने

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न महासचिव पौडेल र प्रस्तावित उपाध्यक्ष गौतम सिंगापुर जाने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्माको स्वास्थ्यस्थिति बुझ्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेल र सचिवालय सदस्य वामदेव गौतम सिंगापुर जाने भएका छन् ।

महासचिव पौडेल र प्रस्तावित उपाध्यक्षसमेत रहेका गौतम मंगलवार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जाने कार्यक्रम रहेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।

गत भदौ ५ गतेदेखि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सोमवार लोकान्तरसँग कुराकानी गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका थिए । प्रधानमन्त्रीको प्लाज्मा फेरसिस पद्धतिबाट उपचार भइरहेको छ ।

यही बुधवार अन्तिम चरणको उपचार प्रक्रिया हुने र २० गते नेपाल फर्किने प्रधानमन्त्रीको भनाइलाई उदृत गर्दै नेम्वाङले लोकान्तरलाई बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्