२१ जेठ २०८३, बिहीबार

यदि १०० वर्ष बाँच्न चाहनुहुन्छ भने यी काम गर्नुहोस्

भदौ १६, २०७६
यदि १०० वर्ष बाँच्न चाहनुहुन्छ भने यी काम गर्नुहोस्

बुढ्यौली नियति मानेर सहज स्वीकार गरिन्छ । तर वैज्ञानिक शोधले यो एक प्रकारको रोग भएको निष्कर्ष निकालेको छ जो अनुवांशिक विरातमा प्राप्त हुन्छ । 

यस रोगको रोकथाम सम्भव छ र यसलाई लामो समयसम्म टिकाउन सकिन्छ । 

नेपाल भारत लगायतका देशमा ५० वर्षको आयु कटेपछि आफूमा बुढ्यौली आएको भन्दै मानिसले यसलाई सहज रुपमा स्वीकार गर्छन् । यसको रोकथामको उपाय बारेमा अनभिज्ञ हुने कारण बुढ्यौली अगाडि समर्पित हुन्छन् । तर

अमेरिका, बेलायत, जर्मनी, फ्रान्स जस्तो देशमा यस रोगका कारण तथा निराकरणको उपायको शोध ठूलो रुपमा भइरहेको छ । 
तर यो शो पूरा गर्न धेरै समय लाग्ने छ । यो खोजको लागि वैज्ञानिकहरुको केही पिढि लाग्न सक्छन् । अमेरिकी वैज्ञानिक बेरोजले समुन्द्री जन्तु रोटीफरमा पानीको तापमान १० डिग्री सेल्सियस कम गरेर अनुसन्धान गरे । त्यस अनुसन्धानमा उक्त प्राणीको आयु दुई गुणा बढी भयो । सामान्यतया उसको आयु १८ दिन भन्दा धेरै हुँदैन । 

हिमालमा बस्ने योगी सन्यासी लामो समय जीवन जिउँछन् । जसको मुख्यकारण पनि सीमित आहार र निम्न तापमान हो । किनकी यस्तै प्रयोग अन्य जीवमाथि गर्दा नतिजा सकारात्मक आएको थियो वा उनीहरुको जीवन लामो भएको थियो ।

यसका साथै वैज्ञानिक शोधबाट एक अनौठो निष्कर्ष आएको छ कि जो कोशिका शरीर को रक्षात्मक पंक्तिमा कार्यरत हुन्छ त्यसको कारण र नजिता बुढ्यौली हो । किनकी रक्षात्मक कोशिका पनि सामान्य कोशिकाको खान लाग्छन् । त्यसपछि कपाल फुल्न थाल्छ, छाला चाउरिन थाल्छ । आँखाको ज्योती कम हुन जान्छ र मानिसमा बुढ्यौली लाग्छ । 
 
रक्षात्मक कोशिकाको कमजोरीको स्पस्ट उदाहरण त्यस्ता मानिसमा देखिन्छ जो असंयमी छन् र नशा सेवन गर्छन् र अस्वस्थ्य जीवनशैली अपनाउँछन् ।  
आयुर्वेदले पनि आहार विहारको संयका साथ नियमति भोजनमा तुलसी, अमला, विधारा, अश्वगन्ध जस्ता औषधिय एवं गाइको दुधको नियममित सेवनमा जोड दिन्छ । 

यज्ञको वातावरणमा वस्नेवालाहरुको मत अनुसार यज्ञ हवनमा प्रयोग भएको जडीबुटीको धूपबाट आएको शक्तिले जीवनर रक्षक कोशिका चाडै विग्रदैन । मन्त्र वैज्ञानिकहरुको निष्कर्ष अनुसार मन्त्रको ध्वनीले शरीरका विभिन्न ग्रन्थिबाट यस्तो रस निस्कन्छ जसले कोशिकाको क्षयीकरणलाई रोक्छ । 

बुढ्यौलीलाई लामो समय पर सार्नका लागि र अनेक रोगबाट छुटकारा पाउनका लागि नैसर्गिक जीवन पद्धतिको अनुसरण गर्न आवश्यक छ । यसो गर्न सकियो भने आफ्नो बुढ्यौली पर सर्ने छ र तपाईको जीवन वा आयू पनि लामो हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्