
काठमाडौं– आणविक वम उपयोग गर्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अभिव्यक्तिपछि भारत र पाकिस्तानबीच थप तनाव सिर्जना भएको छ । पाकिस्तानी प्रधानमन्त्रीको भनाईलाई लक्षित गर्दै भारतीय विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले खुलेआम आतंकवादलाई प्रसय दिइरहेको आरोप लगाएका छन् ।
साथै उनले पाकिस्तानले आतंककारी समुहलाई दिइरहेको आर्थिक सहयोग नरोके वार्ताको कुनै सम्भावना नरहेको उल्लेख गरेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री खानले न्यूयोर्क टाइम्समा भारत पाकिस्तानबीच तत्काल वार्ताको आवश्यकता भएको उल्लेख गरेका थिए । यसै भनाईप्रति टिप्पणी गर्दै एस जयशंकरले यसै अवस्थामा पाकिस्तानसँग वार्ताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।
पाकिस्तानी प्रधानमन्त्री खानले दक्षिण एशियामा परमाणु हमलाको कतरा बढिरहेको बताएका थिए । यसलाई जयशंकरले एक अन्तर्वाताको क्रममा टिप्पणी गर्दै पाकिस्तानले आतंकवादको संरक्षण र उपयोग गरिरहेको अवस्थामा वार्ताको औचित्य नहुने बताएका छन् ।