३० जेठ २०८३, शनिबार

प्रदेशी विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

भदौ १८, २०७६
प्रदेशी विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौँ - मिटरब्याजको धन्दा चलाएको र ठगी गरेको आरोपमा पक्राउ परेका सर्लाहीका श्याम प्रदेशी विरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुमतिमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रदेशीको सम्पत्ति विवरण खोज्न थालेको हो । प्रहरीले प्रदेशी र उनको परिवारका सदस्यको नाममा रहेको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकमार्फत पत्राचार गरेको छ भने उनको जग्गा बेचबिखन रोक्न मालपोत कार्यालयमा पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईले विभागले अनुमति दिएपछि अनुसन्धान थालिएको बताए । कान्तिपुर दैनिकमा खबर छ।

salt training

कमेन्ट गर्नुहोस्