०३ असार २०८३, बुधबार

आश्रममा दुई लाखको अक्षयकोष स्थापना

आश्रममा दुई लाखको अक्षयकोष स्थापना

बागलुङ– बागलुङबजार निवासी समाजसेवी कृष्णलाल शाक्यले मानवसेवा आश्रममा रु दुई लाखको अक्षयकोष स्थापना गरेका छन्। शाक्यले आफ्ना स्व हजुरबुबा जनकलाल र बुबा रामलालको स्मृतिमा ‘मानव सेवा कोष’ स्थापना गरेका हुन् । सहयोगपेक्षी व्यक्तिको सेवाका लागि कोष स्थापना गरेको शाक्यले बताए।

कोषबाट वार्षिक आउने ब्याज रकम आश्रित व्यक्तिहरुको सेवामा खर्च गरिने आश्रमका संयोजक सुमिरा लामाले बताए। आश्रम दान र सहयोगकै भरमा चल्दै आएको छ । आश्रममा अहिले २८ जना सहयोगपेक्षी नागरिकले आश्रय लिइरहेका छन् । 

मनोरोग, अपाङ्गता र गरीबीजस्ता कारणले सहराविहीन बनेका व्यक्ति आश्रममा छन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले तीन वर्षअघि बागलुङमा आश्रम खोलिएको हो । आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवा पनि प्रदान गरिँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्